site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चट्याङबाट चार महिनामा ६० जनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । नेपालमा गतवर्ष चार महिनामा चट्याङबाट ६० जनाको मृत्यु भएको छ । 

मनसुनजन्य विपद्का घटनासहितको प्रतिवेदनअनुसार २०७९ जेठ २२ देखि असोज ३० गतेसम्म चट्याङबाट सो संख्यामा मृत्यु भएको हो ।  

सोही अवधिमा १८७ वटा चट्याङका घटनामा १५७ जना घाइते भएका  छन् । घाइतेको यो संख्या गतवर्ष भएका विपद्का घटनाबाट भएको क्षतिमध्ये सबैभन्दा धेरै भएको प्रतिवेदनमा उल्लेख छ । 

योवर्ष चट्याङका घटना अझै बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल विपद् तथा जनस्वास्थ्य आपतकालको उच्च जोखिममा रहेको भन्दै मन्त्रालयले पूर्वतयारीका लागि सबैमा अनुरोध गरेको छ । 

चट्याङबाट हुने घाइतेका लक्षण र उपचारबारे जानकार रही उचित व्यवस्थापन गराउन सबै स्वास्थ्य संस्थालाई मन्त्रालयले आग्रह गरेको छ । 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro