site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जेसीबीको एक्सक्लुसिभ रिटेलर अब हेटौँडामा

काठमाडौं । एमएडब्लू पार्ट्स डिस्ट्रिब्युटर्सले एक्सक्लुसिभ रिटेलर ऋतु ट्रेडर्स हेटौँडास्थित थाना भ¥याङमा सञ्चालनमा ल्याएको छ ।

उक्त टेडर्सको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिया, हेटौँडा च्याम्बर एन्ड कमर्सका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, हेटौँडा अटोमोबाइल्स संघका अध्यक्ष दामोदर प्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लू पार्ट्स डिस्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा गरका हुन् ।

यसको सुरुआतसँगै अब हेटौँडाका ग्राहकहरुले ऋतु ट्रेडर्समार्फÞत सजिलै जेसीबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउनेछन् ।

एमएडब्लू ग्रुपअन्तर्गतको एमएडब्लू पार्ट्स डिस्ट्रिब्युटर्स प्रालि नेपालको लागि जेसीबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता हो ।

कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसीबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन्एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro