site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनले गर्‍यो रुसी जहाजमा आक्रमण
फाइल तस्बिर ।

किएभ । युक्रेनले प्रयोगात्मक समुद्री ड्रोनको सहायताले रुसी पानीजहाजमाथि आक्रमण गरेको छ । युक्रेनले प्रयोगात्मक सामुद्रिक ड्रोनले कृष्णसागरमा दुई रुसी जहाजमा आक्रमण गरेको त्यहाँको सरकारी समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।

सेभास्टोपोल सहरनजिकै शुक्रबार ‘सी बेबी’ नाम दिइएको ड्रोनले रुसको बुयान मिसाइल जहाजमा प्रहार गरेको रिपोर्टमा उल्लेख छ ।यस्तै, डेर्जाभिन गस्ती जहाजमा बुधबार प्रहार गरिएको जनाइएको छ ।

युक्रेनी नौसेनाका प्रवत्ता दिमित्रो प्लेटेन्चुकले पाभेल डर्जाभिन जहाजमा शुक्रबार दोस्रोपटक आक्रमण गरिएको बताए । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro