site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मती र मधेसका अधिकांश भूभागबाट पनि बाहिरियो मनसुन
फाइल तस्बिर ।

काठमाडौं । नेपालबाट यो वर्षको मनसुन प्रणाली बाहिरिने क्रम जारी छ । औसत मितिभन्दा ढिलो गरी मनसुन बाहिरिइरहेको छ । 

शनिबार (असोज २७) गण्डकी र लुम्बिनी प्रदेशका सम्पूर्ण तथा वाग्मती र मधेस प्रदेशका अधिकांश भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“यस वर्षको मनसुन आज मिति २०८० असोज २७ गतेका दिन नेपालको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भूभाग तथा वाग्मती प्रदेश र मधेस प्रदेशका अधिकांश भूभागबाट बाहिरिएको छ,” महाशाखाको विशेष मौसम बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार यसअघि सुदूरपश्चिम र कर्णाली, लुम्बिनीका अधिकांश र गण्डकीका पश्चिमी भूभागबाट मनसुन बाहिरिइसकेको थियो ।

नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ तारिख हो । नेपालबाट मनसुन बाहिरिने औसम मिति अक्टोबर २ लाई मानिएको छ । यो वर्ष एक दिन ढिलो गरी जुन १४ (जेठ ३१) मा नेपालमा मनसुन भित्रिएको थियो । मनसुन पूर्वी क्षेत्रबाट भित्रिएर क्रमशः देशभर पुग्ने गर्छ । पुनः पूर्वी भूभाग हुँदै मनसुन बाहिरिने गर्छ ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro