site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भाटभटेनीमा 'टाटा टिगोर जित्ने अवसर

काठमाडौं । नेपालको नेतृत्वदायी सुपरमार्केट कम्पनी भाटभटेनीले 'ग्रेट भाटभटेनी कार्निभल' कार्यक्रम बजारमा ल्याएको छ । नेपालीहरूको ठूलो पर्व दसैँ, तिहार र छठको अवसर पारेर आफ्ना ग्राहकलाई लक्षित गर्दै भाटभटेनीले २५ सयको सामान किन्दा टाटा टिगोर जित्ने कार्यक्रम बजारमा ल्याएको हो ।

यस कार्यक्रमबाट ग्राहकको किनमेल अनुभवमा उत्साह थपिने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

'ग्रेट भाटभटेनी कार्निभल' कार्यक्रम आफ्ना ग्राहकप्रति प्रतिबद्धता प्रर्दशन गर्ने एउटा पहलको रूपमा लिएको भाटभटेनीले जनाएको छ । ग्राहकहरूले २५ सय वा त्यो भन्दा बढीको सामान खरिद गरेर यस कार्यक्रममा सहभागी हुन पाउने छन् । विजेताले टाटा टिगोर गाडी जित्ने छन् ।

Bhatbhateni-Janakpur1687310980.jpg

सिप्रदीसँगको सहकार्यमा कार्यक्रमलाई ल्याइएको कम्पनीले जनाएको छ । दसैँको घटस्थापना अर्थात् असोज २८ गते सुरु हुने कार्यक्रम पुस १५ गतेसम्म चल्ने छ ।

ग्राहकले देशभरका नजिकैको भाटभटेनी सुपरमार्केटमा गएर २५ सय वा सो भन्दा बढीको सामान खरिद गरेर प्रवेश टिकटमा आफ्नो विवरण भर्न सक्ने छन् र तोकिएको 'लक्की ड्र बक्स' मा सो टिकट हाल्नुपर्ने छ । सन् २०२४ जनवरीको पहिला हप्ता 'लक्की ड्र'मार्फत टाटा टिगोर विजेता भाग्यशाली ग्राहकको छनोट हुने छ । 'लक्की ड्र' कार्यक्रम निष्पक्ष र पारदर्शी हुने कम्पनीले जनाएको छ ।

यो कार्यक्रम देशभरका २६ वटा भाटभटेनी सुपरमार्केटमा लागु हुने कम्पनीले जनाएको छ । भाटभटेनीले आफ्नो नजिकैको स्टोरमा गएर यस कार्यक्रममा सहभागी हुन ग्राहकलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  २०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro