site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शान्ति सेनामा गएका खोटाङका भुपजित राईको कंगोमा निधन
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपालबाट शान्ति सेनामा गएका एकजनाको निधन भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ प्युठ भुपजित राईको आज निधन भएको हो । 

उनी श्री नरसिंहदल गण (शान्ति सेना) उनान्तिसौँ डफ्फामा कार्यरत थिए ।

नेपाली सेनाका अनुसार कंगोमा उनी ट्याक्टिकल अपरेटिङ बेस काम गर्थे । उनी त्यहाँ बिरामी भएका थिए । उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित एक अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो ।

उनको नेपाल ठेगाना खोटाङ हो । उनको शव ल्याउन समन्वय भइरहेको सेनाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro