site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साइनिङ नेपाल फाउन्डेसनद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

काठमाडौं । साइनिङ नेपाल फाउन्डेसनले काठमाडौं महानगरपालिका–९ का तीनवटा सामुदायिक विद्यालयका एसईई परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा ल्यापटप वितरण गरेको छ ।

पशुपति विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीको प्रमुख अतिथ्यतामा बिहीबार गौशालास्थित मंगलादेवी माध्यमिक विद्यालयको हलमा उक्त सम्मान तथा ल्यापटप वितरण कार्य भएको हो ।

गौशालास्थित उक्त विद्यालयकी छात्रा करुणा खरेल,  तिलगंगास्थित शारदा माध्यमिक विद्यालयकी छात्रा प्रमिशा न्यौपाने र सिनामंगलस्थित गुहेश्वरी माध्यमिक विद्यालयका छात्र अमन यादवले उच्च अंक हासिलको आधारमा सम्मानसहित एक–एक वटा ल्यापटप प्राप्त गरेका हुन् ।

कार्यक्रममा समाजसेवी शशिकान्त अग्रवालसहित विभिन्न पार्टीका नेताहरूको उपस्थिति थियो । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro