site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्ष स्यान्डर्सबीच भेटघाट

काठमाडौं । बेलायत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सबीच भेटवार्ता भएको छ । 

भेटवार्ता लण्डनस्थित बेलायती सेनाको मुख्यालयमा भएको नेपाली सेनाले जनाएको छ । 

भेटघाटको दौरान बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने कुरा बताएको नेपाली सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । 

द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोका बारेमा छलफल भएको उक्त भेटघाटमा सैनिक तालिम महानिर्देशक उपरथी

सन्तोषकुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदारको पनि उपस्थिति रहेको थियो ।

यसैबीच प्रधानसेनापति शर्माले बेलायतको रोयल कलेज अफ डिफेन्सको भ्रमण गरेका छन् । 

प्रधानसेनापति लण्डनस्थित नेपाली दूतावासमा उनको सम्मानमा आयोजित रात्रिभोजमा सहभागी भएका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro