site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सन्दीपविरुद्धको मुद्दाको पेसी फेरि स्थगित : सर्वोच्चको आदेश जिल्लाबाट पालना भएन 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । नाबालिग बलात्कारको अभियोगमा सन्दीपविरुद्ध एक वर्षअघि मुद्दा दायर गरिएको थियो ।

मुद्दामा विभिन्न आदेशसहित फैसला सर्दै आएको थियो । पछिल्लो समय भने लगातार पेसी नै स्थगित हुँदै आएको छ ।

काठमाडौं जिल्ला अदालतमा बिहीबारका निम्ति तोकिएको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण हुन नसकेको बताइएको छ । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार न्यायाधीश अभावकै कारण जिल्ला अदालतका ३० मध्ये आज २१ फाँट मात्र इजलास बसेको छ ।

३० न्यायाधीश रहने काठमाडौं जिल्ला अदालतमा ६ जना सरुवा भएर आउनै बाँकी छ । तीन न्यायाधीश बिदामा छन् । बिहीबारको पेसी तोकिए पनि भएका न्यायाधीशले गोला टिप्दा सन्दीपको मुद्दा नपरेको बताइएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपविरुद्धको मुद्दाको चाँडो सुनुवाइ गर्न आदेश दिएको थियो । जिल्ला अदालतबाट भने ‘पीडित’को जन्ममिति यकिन गर्ने आदेश भइरहेका छन् ।

गएको साउन ३२ गते त न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाकै जन्ममिति यकिन गर्ने आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro