site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्र संघका महासचिवको नेपाल भ्रमण स्थगित 
फाइल तस्बिर ।

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले नेपाल भ्रमण स्थगित गरेका हुन् ।

उनी नेपाल भ्रमणका लागि असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो । तीनदिने नेपाल भ्रमणका क्रममा उनले लुम्बिनी र पोखरा जाने कार्यक्रम तय गरिएको थियो ।

“राष्ट्रसंघको महासचिवको नेपाल भ्रमण स्थगित भएको छ,” परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बाह्रखरीसँग भनिन्, “भ्रमण केही समयपछि हुने छ । मिति आपसी सल्लाहमा तय हुन्छ ।” 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसपछि भ्रमणको मिति तय गरिएको थियो । 

तर, शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण उनले नेपाल भ्रमण तत्काललाई स्थगित गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro