site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रसुवामा ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु, पाँच घाइते
प्रतीकारात्मक तस्बिर ।

रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२, नेसिङ खोलामा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।

नेसिङबाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । घाइतेहरूलाई उपचारार्थ जिल्ला अस्पताल पुर्‍याउन एम्बुलेन्स दुर्घटनास्थलतर्फ पठाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए । रासस

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro