site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायलमा रहेका विद्यार्थीसँग परराष्ट्रमन्त्रीको कुराकानी, भने– अहिले बंकरमै बस्नोस्, त्यहाँ सुरक्षित हुनुहुन्छ

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् ।

सोमबार दिउँसो भएको भिडियो कुराकानीमा मन्त्री साउदले बंकरभित्र रहेका विद्यार्थीलाई छिट्टै सुरक्षित स्थानमा सार्ने र नेपाल फर्काउने आश्वासन दिएका थिए ।

“तपाईंहरूलाई त्यहाँबाट निकाल्न हिजो पनि नेपालस्थित इजरायली राजदूतसँग कुरा भएको थियो,” मन्त्री साउदले भने, “इजरायलस्थित हाम्रो राजदूतसँग पनि आज बिहान कुरा भएको छ ।”

इजरायलमा रहेको नेपाली दूतावासले त्यहाँका अधिकारीहरूसँग अफ्ठ्यारोमा परेका नेपालीलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल गरिरहेको जानकारी विद्यार्थीहरूलाई दिए ।

इजरायली अधिकारीहरूले नेपाली विद्यार्थीलाई अहिले सुरक्षित स्थानमा बस्न आग्रह गरेको उनले सुनाए ।

“उहाँहरू बंकरमा नै सुरक्षित हुनुहुन्छ । अहिले बाहिर ननिस्कनु,” इजरायली अधिकारीको भनाइ उद्वृत गर्दै मन्त्री साउदले भने ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro