site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

काठमाडौं । अफगानिस्तानमा शनिबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने मानिसको संख्या दुई हजार पुगेको तालिबानका प्रवक्ताले बताएका छन् ।

पश्चिम अफगानिस्तानमा शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्प दुई दशकयताकै घातकमध्ये एक भएको बताइएको छ ।

अफगानिस्तानका सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ता अब्दुल वाहिद रायनले भूकम्पमा परी मृत्यु हुनेको संख्या हेरातमा बढी रहेको बताएका छन् । भूकम्पका कारण ६ गाउँ ध्वस्त भएको र सयौँ नागरिक भग्नावशेषमुनि दबिएका बताउँदै उनले सहयोगको माग गरेका छन् ।

हेरात सहरबाट ४० किलोमिटर उत्तर–पश्चिम केन्द्र भएर ६.३, ५.९, ५.५ र अरू साना परकम्प गएको बताइएको छ ।

यसअघि, सन् २०२२ को जुनमा गएको शक्तिशाली भूकम्पमा परी पूर्वी अफगानिस्तानमा कम्तीमा एक हजार मानिसको मृत्यु भएको थियो । करिब १५ सय मानिस घाइते भएका थिए । एपीबाट ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro