site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विश्वकप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा ७३ लाख बजेट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विश्वकप–२०२४ छनोटको एसिया क्षेत्रअन्तर्गत पहिलो चरणमा लाओसविरुद्धको खेलका लागि करिब ७४ लाख रुपैयाँ खर्च हुने जनाएको छ । 

एन्फाले शुक्रबार लाओसविरुद्धको खेलको तयारीबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा ७३ लाख ६८ हजार ४०० रुपैयाँ अनुमानित बजेट रहेको जनाएको हो । 

विश्वकप छनोटको पहिलो चरणमा नेपालले असोज २५ गते पहिलो लेगमा लाओसलाई आतिथ्यता प्रदान गर्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यसपछि नेपाल असोज ३० गते हुने दोस्रो लेगका लागि लासोस जानेछ ।

पहिलो लेगका लागि लाओसको टिम २२ गते नेपाल आइपुग्नेछ । एन्फाका अनुसार नेपालमा प्रशिक्षणका लागि लाओसलाई च्यासल रंगशाला उपलब्ध गराइनेछ । यो खेलका लागि एन्फाले टिकट मूल्य भीआईपीतर्फ ५०० र साधारणमा ३०० रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro