site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाठेघरको क्यान्सर निवारण प्राथमिकतामा : अर्थमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पाठेघरको क्यान्सर न्यूनीकरणका लागि सरकारले बजेटमा विशेष व्यवस्था गरेको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले पाठेघरको क्यान्सर न्यूनीकरण सरकारबाट मात्र सम्भव नभएको उल्लेख गरे । निजी क्षेत्रको पनि उत्तिकै दायित्व रहेको उनको भनाइ छ ।

पाठेघरको क्यान्सर निवारण सरकारको प्राथमिकतामा रहेको उनले बताए । निजी र अन्तर्राष्ट्रिय सहयोग जुटाएर भए पनि त्यसविरुद्धको खोपको पहुँचमा महिलालाई पुर्‍याइने प्रतिबद्धता उनले जनाए ।

“धेरै महिला दिदीबहिनी क्यान्सरपीडित हुनुहुन्छ । सरकारले बजेटमा प्राथमिकता दिएर कार्यक्रम अघि बढाएको छ,” अर्थमन्त्री डा. महतले भने, “भ्याक्सिनमार्फत नियन्त्रण गर्न सकिन्छ भनेर सबैलाई पहुँचमा ल्याउने प्रयास जारी छ । सरकारले आन्तरिक र बाह्य स्रोत जुटाएर भए पनि कार्यक्रम अघि बढाउँछौँ ।”

उनले आवश्यकताको प्राथमिकीकरण गरी समस्या समाधान गर्ने काम भइरहेको बताए । “समस्या धेरै छन्, त्यसलाई पूरा गर्ने साधनस्रोत कम छ । त्यसैले समस्याको प्राथमिकीकरण गरेर अघि बढ्ने प्रयत्न भइरहेको छ,” महतले थपे ।

निजी क्षेत्रले पनि समस्या समाधान गर्न उलेख्य भूमिका खेलिरहेको उनले बताए । “सरकारले मात्र गरेर सम्भव छैन । सबै सामाजिक दायित्व उत्तिकै छ । निजी क्षेत्रले पनि समस्या समाधान गर्न उल्लेख्य भूमिका खलेका छन्,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro