site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा २० शोधपत्र प्रस्तुत
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको पहिलो दिन प्रस्तुत २० शोधपत्रमाथि छलफल भएको छ ।

ती शोधपत्रमध्ये १२ विदेशी विज्ञले प्रस्तुत गरेका चट्याङविद् प्रा. डा. श्रीराम शर्माले बताए । सम्मेलनमा कुल ४४ शोधपत्र प्रस्तुत गरिँदै छ ।

जलवायु परिवर्तन र यसले पारेको असर, त्यसबाट उत्पन्न हुने चट्याङलगायत विपद्जन्य परिस्थिति र क्षति न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुत शोधपत्रमाथि छलफल गरिएको उनले बताए ।

यस्तै, चट्याङको पूर्वसूचना प्रणालीका विषयमा प्रस्तुत शोधपत्रमाथि छलफल गरिएको छ ।

ललितपुरको पुल्चोकमा बुधबारदेखि जारी सम्मेलनमा करिब १०० प्रतिनिधिको सहभागिता छ । सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अस्ट्रेलिया, बंगलादेश, पाकिस्तानलगायत देशका  विज्ञको सहभागिता छ ।

यही १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल भइरहेको छ । मुख्यगरी यो सम्मेलनले नीति निर्माणमा सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा. शर्माले जानकारी दिए ।

चट्याङका दृष्टिकोणले नेपाल उच्च जोखिमयुक्त मुलुकमा पर्छ । अनुसन्धान भएकामध्ये नेपाल चट्याङको चौथो जोखिमयुक्त मुलुकमा पर्ने उनले बताए । नेपालमा औसत वार्षिक १०० जनाले चट्याङका कारण ज्यान गुमाउने र ३०० भन्दा बढी घाइते हुने गरेको पाइन्छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro