site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बझाङ भूकम्प अपडेट : एकजनाको मृत्यृ, २७ घाइते, ४११ भवनमा क्षति 

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो गएको भूकम्पपछि क्षतिको विवरण आउने क्रम जारी छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार बझाङ भूकम्पका कारण गएको पहिरोमा परी जयपृथ्वी नगरपालिकाकी ४० वर्षीया गुणमती धामीको मृत्यु भएको छ ।

भूकम्पपछि भागदौड गर्दा र संरचना भत्किएर लाग्दा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा २७ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

भूकम्पका कारण ३७८ निजी आवास, सात विद्यालय, २५ सरकारी कार्यालय र एउटा स्वास्थ्य भवन गरी कुल ४११ भौतिक संरचना क्षतिग्रस्त भएको उनले जानकारी दिए ।

“भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काम द्रुत गतिमा भइरहेको छ,” कार्यकारी प्रमुख पोखरेलले बाह्रखरीसँग भने ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro