site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सिक्किम बाढीमा मृत्यु हुनेको संख्या १४ पुग्यो, १०२ जना बेपत्ता

काठमाडौं । भारतको सिक्किममा बिहीबार बिहान आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १४ पुगेको बताइएको छ ।

अचानक आएको बाढीमा परेर १०२ जना बेपत्ता भएका र राज्यका विभिन्न भागमा तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेका आशंका गरिएको छ ।

तिब्बती आध्यात्मिक नेता दलाई लामाले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पत्र लेख्दै बाढीको दुःखद घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

हिजो बेपत्ता भएका २३ भारतीय सैनिक पनि अझै फेला नपरेका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro