site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ठमेलमा बसेर युरोप पठाउने भन्दै ८० लाख ठगी, पाकिस्तानी र अजरबैजानी नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहर‍ीले ठगी कार्यमा संलग्न रहेको आरोपमा एकजना पाकिस्तानी र एकजना अजरबैजानकी नागरिकलाई पक्राउ गरेको छ ।

पाकिस्तानी र अजरबैजानी नागरिकको साँगगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगलसहित युरोपका देशमा पठाउने आश्वासन दिएर 'वर्क पर्मिट'लगायतका नक्कली कागजातहरू देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पाकिस्तानको राहुलपिन्डी घर भएका ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजानकी ३१ वर्षीया महिला ऐसेल हुसेनिल रहेका छन् ।

उनीहरूलाई ठमेलको एक होटेलबाट पक्राउ गरिएको हो । अहिले उनीहरू जिल्ला प्रहरी परिसर टेकुमा छन् ।

उनीहरूले प्रोसेसिङ गर्नका लागि एक लाख ३३ हजार लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरूले नक्कली अफर लेटर, वर्कपर्मिट, भिसालगायतका कागजातहरू पठाएर रकम पठाउन लगाउने गरेको पाइएको छ ।

उनीहरूले करिब ८० लाख रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पीडितहरूलाई विश्वास दिलाउन उनीहरूले अजरबैजान लगेर घुमाइदिने गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro