site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
९ किलो सुन तस्करीमा जोडिएका चिनियाँ नागरिकका गाडी चालक सीआईबीको नियन्त्रणमा

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकका गाडी चालकलाई नियन्त्रणमा राखेको छ ।

चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा राखिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनलाई असोज १४ गतेदेखि नियन्त्रणमा राखिएको हो । यसअघि पौडेललाई तारेखमा राखिएको थियो ।

सोमबार मात्रै सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महराको समेत बयान लिएको छ । सो आरोपमा भदौ १३ देखि महराका छोरा राहुल सीआईबीकै थुनामा छन् । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro