site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अब बाह्य असहजताको पत्र–पत्र केलाउनु पर्ने अवस्था आयो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले अर्थतन्त्रमा भएको बाह्य असहजताको बारेमा पत्र–पत्र केलाउनु पर्ने अवस्था आएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गुणस्तरीय पर्यटक नेपालमा नआउने भन्दै यसको अध्ययन हुनुपर्ने बताए ।

“पर्यटक आयमा उलेख्य वृद्धि भनिएको छ भनियो । तर, पर्यटन व्यवसायीहरूले भनेअनुसार भारतबाट चुनावी अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्रीले टिकट काटिदिएर पशुपति पठाउने गरेका छन् । त्यसले नेपालमा पर्यटक आगमत अस्वभाविक वृद्धि भए जस्तो पनि देखिन्छ । मैले आधिकारिक आँकडा त ल्याएको छैन । यसलाई पत्रपत्र केलाउनु पर्ने देखियो,” उनले भने, “नेपालमा पर्यटक कस्ता कस्ता आएका छन् । खर्च कति गर्छन् ? औसत बसाई १३ दिन भनिएको छ । त्यो सत्य हो कि हैन भने हेर्न पर्ने देखियो ।”

विद्युत् निर्यातमा सम्भावना भएको भनिए पनि त्यसको गहिराइमा गएर अध्ययन गर्नुपर्ने वाग्लेको भनाइ छ ।

“अर्काे आशावादको आधार चाहीँ जलविद्युत् निर्यात वृद्धि भन्नु भएको छ । तथ्यांक हेरियो भने इलेक्टिसिटी, ग्यास, एयर कन्डिसनिङ यी सबै हेर्‍यो भने जीडीपीमा योगदान एक प्रतिशत रहेछ । तीन हजार मेगावाट हाम्रो जडित क्षमता छ । त्यसको सानो अंशले कति प्रतिशत आर्थिक वृद्धिलाई कन्ट्रिव्युट गर्ला,” उनले भने, “तर मोटरसाइकल रिपाइरिङ, होलसेल रिटेलले झण्डैझण्डै १६ प्रतिशत छ । यतातिर चाहीँ हाम्रो ध्यान जानुपर्छ ।”

आर्थिक विश्लेषण शाखाले पनि म्याक्रो इकोनोकिक्समा ध्यान दिनुपर्ने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro