site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मुलुकको पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैन : हरि ढकाल
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशरण महतले चासो नदिएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पुँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद ढकालले पुँजी बजारका लागि नियमक निकायको रूपमा रहेको धितोपत्र बोर्डले कुनैपनि काम गर्न नसकेको जिकिर समेत गरे । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि आफूहरुरूले दिएको सुझावलाई अर्थ मन्त्रालयले सुनुवाइ नगरेको गुनासो समेत गरे ।

उनले भने, "सरकारलाई शान्ति सुरक्षाको विशेष ख्याल राख्न म ध्यानाकर्षण गराउन चाहन्छु । देशको आर्थिक अवस्थाको बारेमा यो सदनमा विभिन्न समयमा विभिन्न माननीयज्यूहरूले आवाज उठाइ राख्नुभएको छ । देश आर्थिक मन्दीमा जाँदै छ । बैंक, वित्तीय संस्थाहरूमा नेपालमै पहिलो पटक लगानीयोग्य रकम प्रशस्त छ । यो हुँदाहुँदै ऋण प्रवाह हुन सकिरहेको छैन । बैंकहरूका अस्वस्थ प्रतिस्पर्धा र राष्ट्र बैंकका कारणले गर्दा लोन प्रवाह हुन सकिरहेको छैन । नेपालको पुँजी बजार ध्वस्त छ । अर्बाै लगानीकर्ताले पुँजी डुबेको छ ।"

सांसद ढकालले मुलुकमा सामाजिक सदभाव भडकाउने प्रयास भइरहेको उल्लेख गर्दै सरकारलाई शान्ति सुरक्षाबारे विशेष ख्याल राख्न पनि आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro