site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ विजेता घोषणा

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अन्तर्गत यस हप्ताको विजेता घोषणा गरिएको छ ।

अफर अन्र्तगत ७१९१२७६१८६४ कार्ड आईडीका ग्राहक रविन तामाङ विजेता भएका छन् ।

असोज १५ गते सोमबार भएको लक्की ड्र मार्फत विजेता भएका तामाङले एक लाख रुपैयाँ जितेका छन् ।

डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो ।

यस अफरमा डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमार्फत नगद एक लाख रुपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद १० लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro