site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बझाङमा २६ मिनेटको अन्तरमा गयो दुई ठूला भूकम्प, काठमाडौंसम्म हल्लायो

काठमाडौं । बझाङमा एकैदिन भूकम्पका दुई ठूला धक्का मापन गरिएको छ । मंगलबार दिउँसो २६ मिनेटको अन्तरमा भूकम्पका दुई ठूला धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बझाङमा ५.३ म्याग्निच्युडको भूकम्प, अर्को पनि धक्का

त्यसको २६ मिनेटपछि अर्थात् ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए ।

यी दुवै धक्का परकम्प नभएर नयाँ भूकम्प भएको उनले बताए ।

६.३ म्याग्निच्युडको भूकम्पको धक्का देशका धेरै स्थानमा महसुस गरिएको बताइएको छ । उक्त भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro