site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बझाङमा ५.३ म्याग्निच्युडको भूकम्प, अर्को पनि धक्का

काठमाडौं । बझाङमा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो परकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बाह्रखरीलाई जानकारी दिए ।

बझाङमा २६ मिनेटको अन्तरमा गयो दुई ठूला भूकम्प, काठमाडौंसम्म हल्लायो

उनका अनुसार, सोही क्षेत्रमा अर्को पनि धक्का मापन गरिएको छ । त्यसको म्याग्निच्युड यकिन गर्ने कार्य भइरहेको उनले बताए ।

बझाङमा गएको भूकम्पको धक्का नयाँ दिल्लीसम्म पुगेको छ ।

दिल्लीसहित त्यस वरपर भूकम्पको झड्का महसुस भएको आजतकले जनाएको छ । समाचारअनुसार भूकम्पको झड्काका कारण नयाँ दिल्लीमा धेरैबेर हल्लाएको थियो । भारतीय नेशनल सेन्टर फर सिस्मोलोजीले भने नेपालमा ६.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

Earthquake of Magnitude:6.2, Occurred on 03-10-2023, 14:51:04 IST, Lat: 29.39 & Long: 81.23, Depth: 5 Km ,Location:Nepal for more information Download the BhooKamp App https://t.co/rBpZF2ctJG@ndmaindia@KirenRijiju@Indiametdept@Dr_Mishra1966@Ravi_MoESpic.twitter.com/tOduckF0B9

— National Center for Seismology (@NCS_Earthquake) October 3, 2023

 

बझाङ भूकम्पको धक्का दिल्लीसम्म, भारतीय मिडिया भन्छन्– धेरैबेर हल्लायो 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro