site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मेक्सिकोमा गिर्जाघर भत्किँदा सातजनाको मृत्यु

मेक्सिको । उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक गिर्जाघरको छाना भत्किँदा कम्तीमा सातजनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा सातजनाको मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार भग्नावशेषबाट हालसम्म १० जनाको उद्धार गरिसकिएको छ । उद्धारकार्य जारी छ ।

मदेरो सहरको सान्ता क्रुज गिर्जाघर भत्किनुको कारण संरचनागत कमजोरी हुन सक्ने कुएलरले बताए ।

तामाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । रासस/सिन्ह्वा

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro