site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा डेंगीका कारण एकजनाको मृत्यु

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ ।

रोल्पाको माडी गाउँपालिका–२, घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए ।

केही समयअघिदेखि डाँगीको स्वास्थ्यमा समस्या देखिएको थियो । आइतबार साँझ उनलाई उपचारका लागि प्रतिष्ठानमा ल्याइएको थियो । उनकोे उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईको भनाइ छ ।

डाँगीले श्रीकृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा पढाउँदै आएका थिए । रासस

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro