site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१०० रेडियो सेट बरामद, ल्याउने फरार

काठमाडौं । सप्तरीमा चोरीपैठारीका १०० रेडियो सेट बरामद गरिएको छ । आइतबार करिब आठ लाख रुपैयाँबराबरका रेडियो सेट बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

छिन्नमस्ता गाउँपालिका–२, मोहनपुरबाट सशस्त्र प्रहरीको टोलीले उक्त सेट बरामद गरेको हो । सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई देख्नासाथ फरार भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट कुन प्रयोजनका निम्ति ल्याइयो भन्ने खुलेको छैन ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro