site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीले बेपत्ता दुईजना अझै भेटिएनन्, खोजी कार्य जारी

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका दुईजना अझै भेटिएका छैनन् । 

बेपत्ता भएकाहरूको आइतबार प्रहरीसहितको टोलीले खोजी कार्य जारी गरिएको छ । 

शनिबार कुश्मा नगरपालिका–८ को मोदीखोला र तमादीखोलाको दोभानमा बाढीले जीपसँगै तीनजना बेपत्ता भएका थिए । हिलोमा पुरिएको अवस्थामा जीप र एकजनाको शव शनिबार नै भेटिएको थियो । 

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजेतिर बाढीले बगाएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro