site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीमा बेपत्ता जीपमा छन् तीन पुरुष
फाइल तस्बिर ।

पोखरा । बागलुङबाट पोखरातर्फ आउँदै गरेको टाटासुमो जीपलाई बाढीले बगाउँदा त्यसमा सवार तीनजना बेपत्ता भएका छन् । शनिबार साँझ पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानास्थित तमादीखोलामा आएको बाढीले ग१च ६२१३ नम्बरको जीप बगाएको हो ।

जीपमा चालकसहित चारजना सवार थिए । चालक सकुशल छन् । हामफालेर आफूले ज्यान जोगाएको चालकले बताएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख एवं डीएसपी खुमलाल भुसालका अनुसार बेपत्ता भएका तीनैजना पुरुष हुन् ।

तमादीखोलामा पुगेपछि चालकले जीपलाई ‘वेट’ लगाउन खोजेका थिए । त्यहीक्रममा गेग्रानसहितको बाढीले जीप बगाएको चालकलाई उद्धृत गर्दै भुसालले जानकारी दिए ।

प्रहरीका अनुसार हालसम्म गाडी र गाडीमा सवार व्यक्तिहरू फेला परेका छैनन् ।

जीपमा सवार तीन यात्रीमध्ये एकजना बागलुङको धौलागिरि काउन्टरबाट चढेका थिए । बाँकी दुईजना चालकको सम्पर्कका आधारमा बीचबाटोबाट जीपमा चढेका प्रहरीले जनाएको छ । बेपत्ताको खोजीकार्य जारी रहेको डीएसपी भुसालले बताए ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro