site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माइतीघरमा चिकित्सकले लगाए नारा– स्वास्थ्यकर्मी कुट्न पाइँदैन

काठमाडौं । चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकले निरन्तर विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लामा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरे ।

प्रदर्शनका क्रममा उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘शान्ति सुरक्षा कायम गर’ लगायत नारा लगाएका थिए । केही दिनयता चिकित्सक निरन्तर सडक आन्दोलनमा छन् ।

देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसुर र दण्डसजायसँग सम्बन्धित व्यवस्था लागु गर्नुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro