site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनमा लडिरहेका स्वयंसेवक लडाकु हेर्ने जिम्मा प्रिगोजिनका पूर्वसहयोगीलाई

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध लडिरहेका स्वयंसेवक लडाकुलाई हेर्ने जिम्मा आन्द्रेई ट्रोशेभलाई दिएका छन् ।

वाग्नर ग्रुपका पूर्व कमान्डरसमेत रहेका ट्रोशेभ वाग्नर ग्रुपकै पूर्व प्रमुख दिवंगत येभगेनी प्रिगोजिनका पूर्व सहयोगी समेत हुन् ।

पुटिनले शुक्रबार आन्द्रेई ट्रोशेभलाई भेटेर स्वयंसेवक लडाकु एकाइको गठन एवं निरीक्षण गर्नेबारे कुरा गरेको बताइएको छ ।

भेटमा उपरक्षामन्त्री युनुस बेक येभकुरोभ पनि उपस्थित रहेको र वाग्नर समूहका लडाकुलाई रुसको सेनामा एकीकरण गर्ने कुरालाई जोड दिइएको बताइएको छ ।

सेडोई नामले समेत परिचित सेवानिवृत्त कर्णेल ट्रोशेभ पुटिनकै गृहनगर सेन्ट पिटर्सबर्गका हुन् । उनी अफगानिस्तान, चेचन्या र सिरियामा क्रेमलिन अभियानका अनुभवी व्यक्तित्व हुन् ।

अल्जजिराबाट ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro