site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योगी भन्छन्– सर्टिफिकेटले मात्र काम हुँदैन, हामीले चाहेको जनशक्ति बजारमा छैन

काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गतको वाग्मती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष लेखराज पोखरेलले अहिले उद्योगलाई चाहिने सिपमूलक जनशक्ति नभएको बताएका छन् । शिक्षा प्रणालीका कारण पनि जनशक्तिको सिपमा उद्योगले खर्च गर्नुपर्ने अवस्था बढेको उनले बताए ।

शुक्रबार परिसंघले आयोजना गरेको 'पोलेसी डिस्कोर्स : स्किल डेभलपमेन्ट' शीर्षकको अन्तरक्रिया कार्यक्रममा उनले सर्टिफिकेट भएर मात्रै काम नहुने बताउँदै नेपालमा सिपमूलक शिक्षा नरहेको बताए । 

"हामीले खोजेको जनशक्ति बजारमा छैन । उल्टै सिप सिकाउनुपर्दा खर्च बढेको छ," उनले भने, "हामी बाहिरबाट कामदार ल्याउन बाध्य छौँ । सर्टिफिकेट भएर मात्रै काम गर्न सक्दैनन्, सिपमूलक शिक्षा नेपालमा छैन ।"

उद्योगलाई चाहिने जनशक्ति उत्पादन गर्न परिसंघले सहकार्य गर्ने भन्दै सरकारले पाठ्यक्रममा नै सिप सिकाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

पोखरेलले फेरिरहने नीतिका कारण पनि समस्या निम्त्याएको बताए । पढेको जनशक्ति उत्पादन भएको भए पनि उनीहरूसँग सिप नहुँदा देशमा काम पाउने स्थिति नभएको उनले बताए ।

विज्ञहरूले पनि बढी नीति भएर देश विकास नभएको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro