site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा छुरा प्रहारबाट एकजनाको मृत्यु   
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । झापामा छुरा प्रहारबाट शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ । 

दमक नगरपालिका–१, कुमाल चोकमा छुरा प्रहार हुँदा इलामको चुलाचुली गाउँपालिका–३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बूको मृत्यु भएको छ । 

दमक नगरपालिका–७ बस्ने २५ वर्षीय सनम राईले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका थिए । लिम्बूलाई तत्काल उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको हो । 

घटनापश्चात राई छुरा लिइ फरार भएका थिए । उनीसँग वतन नखुलेका करिब २३ वर्षीय पुरूषसमेत रहेको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro