site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारत र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता, क्यानडासँगको विवादबारे कुरा आएन

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर र उनका अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच बिहीबार भेटवार्ता भएको छ । 

खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच तनाव चर्केका बेला उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटपछि पत्रकारसँगको कुराकानीमा ब्लिन्केनले नयाँ दिल्लीमा हालै सम्पन्न जी–२० शिखर सम्मेलन र न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको ७८औँ महासभाबारे छलफल भएको बताएका छन् ।

“अमेरिकामा आउन पाएकोमा खुसी लाग्यो । यसअघि हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गर्मीयाममा यहाँको भ्रमण गरेका थिए । हामी जी–२० शिखर सम्मेलनको क्रममा सहयोगका लागि अमेरिकालाई धन्यवाद दिन्छौँ । र म, नयाँ दिल्लीमा ब्लिन्केनलाई भेट्न उत्सुक छु,” भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले भनेका छन् ।

निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीचको विवादबारे दुवै नेताले कुनै शब्द बोलेनन् । दुवै नेताले त्यहाँ ‘के क्यानडाले तपाईंको सम्बन्धलाई असर गरिरहेको छ ?’ भनेर सोधिएको प्रश्नमा कुनै जवाफ दिएनन् ।

रोचक कुरा के भने, बिहीबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जयशंकरसँगको भेटमा ब्लिन्केनले निज्जरको हत्याको कुरा उठाउनेमा आफू विश्वस्त रहेको बताएका थिए ।

“अमेरिकाले निश्चित रूपमा यो विषयमा भारत सरकारसँग छलफल गर्नेछ,” ट्रुडोले भनेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro