site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सुर्तीजन्य पदार्थ बेच्ने ४०० जना पक्राउ
प्रतीकात्मक तस्बिर।

अङ्कारा । टर्की प्रहरीले अवैध ढङ्गले सुर्तीजन्य पदार्थ बेचेको आरोपमा ३७० जनालाई पक्राउ गरेको छ ।

अवैध सुर्तीजन्य पदार्थ उत्पादन गर्ने आपराधिक सङ्गठनविरुद्धको राष्ट्रव्यापी अभियानमा उनीहरूलाई पक्राउ गरिएको मन्त्रिपरिषद्का एकजना सदस्यले बताएका छन् ।

टर्कीका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमा ‘अपरेसन फग’ अभियानमा तस्करी र सङ्गठित अपराधविरुद्धका कारबाहीमा ६७२ स्थानमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको लेखेका छन् ।

बढ्दो मुद्रास्फीति र चुरोटलाई महँगो बनाउने कर वृद्धिका कारण गैरकानुनी रुपमा चुरोटलगायत सुर्तीजन्य पदार्थको तस्करी बढेको छ ।

टर्किले गत डिसेम्बरमा अवैध सुर्ती उत्पादन र बिक्री रोक्न कानुनी व्यवस्थामा संशोधन गरेको थियो । संशोधित उक्त कानुनले अवैध रूपमा सुर्तीजन्य पदार्थ बिक्री गर्नेलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro