site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सप्तरीमा हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । सप्तरीको  कञ्चनरुप नगरपालिका–७, बलुवा बस्ने २५ वर्षीय राहुलकुमार चौधरीको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने पशुपति राम रहेका छन् । 

कञ्चनरुप नगरपालिका–९ स्थित सुन्दरी खोलाको पुल नजिक भदौ २१ गते राहुलको शव शंकास्पद अवस्थामा फेला परेको थियो । 

सोही घटनाको अनुसन्धानको क्रममा उक्त दिन पशुपतिले राहुललाई अत्यधिक मात्रामा लागुऔषध सेवन गराइ बेहोस बनाएर हत्या गरेको खुल्न आएको छ । 

हत्या गरी राहुलको साथमा रहेको मोबाइल र घडी लुटेर पशुपति घरतर्फ गएको अनुसन्धानले देखाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro