site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नाजीलाई सम्मान गरेपछि क्यानडाका सभामुखले दिए राजीनामा

काठमाडौं । दोस्रो विश्वयुद्धमा नाजी इकाईमा लडेका एक व्यक्तिलाई सम्मान गरेपछि माफी मागेका क्यानडाका सभामुख एन्थोनी रोटाले पद त्याग गरेका छन् ।

गत हप्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेस्कीले क्यानडाको संसद् (हाउस अफ कमन्स)मा उपस्थित भएका थिए । सोही बेला ती व्यक्तिलाई सम्मान गरिएको थियो ।

मंगलबार दिउँसो ओटावामा क्यानडाका सांसदलाई सम्बोधन गर्दै सभामुख रोटाले भारी मन बनाएर राजीनामा दिइरहेका बताएका छन् ।

“यो घर हामी सबैभन्दा माथि छ । तसर्थ, मैले सभामुख पद छोड्नु पर्छ,” रोटाले भने ।

उनले गत शुक्रबार विशेष संसदीय सत्रमा आमन्त्रित ९८ वर्षीय यारोस्लाभ हुन्कालाई ‘युक्रेनी हिरो’ भन्दै सम्मान दिएका थिए ।

उक्त सम्मानले क्यानडा र विश्वभरका यहूदी समुदाय र पोल्याण्डमा नाजी अत्याचारबाट बाँचेकाहरूलाई पीडा दिएको उनले बताएका छन् ।

हुन्काले नाजीको एसएस सैन्य इकाईको १४औँ वाफेन ग्रेनेडियर डिभिजनमा सेवा गरेको एक यहूदी समुदाय समूह फ्रेन्ड्स अफ साइमन विसेन्थल सेन्टरले जनाएको छ ।

नाजीवाद वा नाजी भनेर नाजी जर्मनीमा एडोल्फ हिटलर र नाजी पार्टीसँग सम्बन्धित अति दक्षिणपन्थी अधिनायकवादी राजनीतिक विचारधारा र अभ्यासलाई बुझिन्छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro