site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगर र ईः का प्रतिनिधिबीचको वार्ता अनिश्चित
काठमाडौं महानगरपालिका र अभियन्ता ईःका प्रतिनिधिबीच मंगलबार बसेको वार्ता ।

काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईःका प्रतिनिधिबीचको वार्ता अनिश्चित बनेको छ । 

मंगलबार भएको वार्ता सात घण्टा बसेर निष्कर्षविहीन बनेको थियो । समितिले तयार पारेको ड्राफ्टको बुँदा नम्बर ४ मा साविकमा फुटपाथ तथा सार्वजनिकस्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्ने भनिएको थियो । 

“कोटेश्वर चोकबाट जडीबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत पछाडि, बालाजु क्षेत्र, भृकुटीमण्डप र अन्य सम्भावित क्षेत्रसमेतमा दसैँ–तिहार र छठसम्मका लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा आजको मितिले एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरूलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइने” ड्राफ्टमा उल्लेख थियो । 

पछि उक्त कुरा बालेनले काटेर “साविकमा फुटपाथ तथा सार्वजनिकस्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्ने छ ।” भनेर राखेपछि दुईपक्षबीच सहमति हुन सकेको थिएन । 

वार्तामा ईः पक्षबाट अधिवक्ताद्वय सन्जय अधिकारी र प्रज्वला कार्की तथा फुटपाथ व्यापारीहरूका तर्फबाट सुजन गिरी, विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण, सहरी पूर्वाधार विज्ञ राज महर्जन सहभागी भएका थिए । 

महानगरका तर्फबाट दुई वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलगायत थिए ।

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro