site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसी ब्ल्याक सी फ्लीटका कमाण्डरसहित ३४ अधिकारी मारिएको युक्रेनको दाबी

काठमाडौं । युक्रेनले आफूले गरेको मिसाइल आक्रमणमा रुसी ब्ल्याक सी फ्लीटका कमाण्डर मारिएको दाबी गरेको छ । 

गत हप्ता युक्रेनले सेभास्टोपोलको क्रिमियन बन्दरगाहमा रहेको फ्लीटको मुख्यालयमा मिसाइल आक्रमण गरेको जनाएको थियो ।सोही आक्रमणमा ब्ल्याक सी फ्लीटका कमान्डर एडमिरल भिक्टर सोकोलोभ र अन्य ३३ अधिकारी मारिएको दाबी युक्रेनले गरेको हो ।

युक्रेनको दाबीको एक दिनपछि सोमबार रुसी अधिकारीहरूले वायु रक्षा प्रणालीले क्रिमियन प्रायद्वीपको सेभास्टोपोलमा अर्को युक्रेनी मिसाइल आक्रमणलाई रोकेको बताएका छन् ।

युक्रेनको विशेष बलले शुक्रबार गरेको उक्त आक्रमण रुसको नौसेनाका नेतृत्व स्तरका अधिकारीहरूको बैठकलाई लक्षित गरिएको बताएको छ । सोही आक्रमणमा ३४ अधिकारीको ज्यान गएको हो । रुसले भने यस विषयमा कुनै टिप्प्णी गरेको छैन ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro