site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उदयपुरमा डेंगी संक्रमणबाट एकजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

गाईघाट, (उदयपुर) । उदयपुरको बेलका नगरपालिका–५, खारखोलाको एक पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको छ ।

खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेंगीको संक्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए ।

गत सातादेखि डेंगी संक्रमणबाट सिकिस्त बिरामी भएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो ।

घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बीपी मेमोरियल अस्पतालको आइसियूमा राखिएको थियो ।

लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेंगी संक्रमण देखा परेपछि हालसम्ममा तीनजनाको मृत्यु भएको छ भने झण्डै एक हजारको हाराहारीमा संक्रमित भइसकेका छन् । रासस
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro