site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा डेंगीका कारण मृत्यु हुनेको संख्या ९ सयभन्दा बढी पुग्यो

ढाका । बंगलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेंगीको संक्रमण देखिएको छ । 

संक्रमितमध्ये ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ३१६, अगस्टमा ३४२ र जुलाईमा २०४ गरी कुल ९०९ जना  डेंगी संक्रमित बिरामीको मृत्यु भएको हो ।

महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९१७, अगस्टमा ७१ हजार ९७६ र जुलाईमा ४३ हजार ८५४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार आठजनामा डेंगीको संक्रमण देखिएको छ ।

यस वर्ष हालसम्म निको हुनेको संख्या एक लाख ७६ हजार ३४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बंगलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेंगी ज्वरोको मौसम हो । रासस/सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro