site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौका परीक्षा दिन पाउनुपर्ने माग गर्दै एमबीबीएसका विद्यार्थी संसदीय समितिमा 

काठमाडौं । मौका परीक्षा दिन पाउनुपर्ने माग गर्दै त्रिविअन्तर्गत एमबीबीएसका विद्यार्थी संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा पुगेका छन् ।

पाँच वर्षको कार्यक्रममा दोस्रो वर्षमा चार पटकभन्दा बढी मौका परीक्षा दिन पाउनुपर्ने उनीहरूको माग छ । 

मौका परीक्षा नपाए आफूहरूले पाँच वर्षका लागि तिरेको शुल्क फिर्ता पाउनुपर्ने उनीहरूले बताएका छन् ।

समिति बैठकमा चिकित्सा शिक्षा अध्यक्ष संस्थानका सहायक डिन प्रेम ज्ञवालीले विद्यार्थीको गुणस्तर मापनका लागि ब्यारियर सिस्टम राखेकाले चार पटकभन्दा बढी मौका परीक्षा व्यवहारिक नहुने बताए । 

कोरोना महामारीका कारण तीनसय बढी पुराना विद्यार्थी पीडित भएको विद्यार्थीको गुनासो छ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro