site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अष्ट्रेलियामा नेपाली विद्यार्थीले ल्याए माउन्टेन यति बियरको नयाँ ब्राण्ड

काठमाडौं । अष्ट्रेलियाको राजधानी क्यानबेरामा दुई नेपाली विद्यार्थीले सञ्चालनमा ल्याएको माउन्टेन यति ब्रुइङ कम्पनीमार्फत माउन्टेन यति बियरको नयाँ प्रडक्ट सार्वजनिक भएको छ ।

नेपाली समुदायको चाडपर्व दसैं–तिहार नजिकिँदै गर्दा माउन्टेन यति ब्रुइङ कम्पनीले आफ्नो नयाँ प्रडक्ट ‘लखे एक्सपीए’ बियर सार्वजनिक गरेको हो ।

यसअघि माउन्टेन यतिले नेपालमा निकै प्रचलित भिर माहुरीको मह र बियरको समिश्रणसहितको बियर ‘हनि हन्टर पिल्सनर’ बजारमा ल्याएको थियो । यो  ब्राण्ड निकैले रूचाएको कम्पनीको भनाइ छ ।

नेपाली समुदायका लागि बनाइएको पहिलो प्रिमिक्स भोड्का ‘हट माइचा सट’ को प्रक्षेपण गरेर नयाँ प्रडक्ट लाइनअपअघि सारेको पनि बताइएको छ ।

प्रवासमा बसेर नेपाली पहिचानसहितको बियर कम्पनी खोलेर केही नवीन प्रयास गरेका यी युवा उद्यमीहरूले छिट्टै आफ्ना प्रड्कट नेपाली बजारमा पनि भित्र्याउने तयारीमा जुटेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro