site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को अध्यक्षमा माछापुच्छ्रे  बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नियुक्त भएका छन् ।

न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे  बैंकको तर्फबाट सञ्चालकको रूपमा प्रतिनिधित्व गर्दै आएका थिए ।

नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भइ हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । साथै उनीसँग बैंकिङ क्षेत्रको २५ वर्षभन्दा बढी अनुभव रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro