site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिशहोममा नयाँ नेपाली फिल्मको मेला : चलचित्र झिंगेदाउ पनि प्रदर्शनमा

काठमाडौं । वर्षभरी रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्र डिशहोममा विशेषरूपमा प्रदर्शन भइरहेका छन् ।

मन परेको नयाँ चलचित्र हलमा गएर हेर्न छुटाएका दर्शकले अब डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्ने डिशहोमले जनाएको छ ।

हाल केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल लगायतका कलाकारहरूको अभिनय रहेको सुपरहिट चलचित्र झिंगेदाउ डिशहोम सिनेमाघर च्यानल नम्बर १०८ मा असोज ५ गतेदेखि प्रदर्शन भइरहेको कम्पनीले बताएको छ ।

छक्का पञ्जा ४, प्रकाश, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरू डिशहोम सिनेमाघरको साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् ।

सिनेमाघर च्यानल नम्बर १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलरदाईमार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट क्ःक् पठाएर चलचित्र हेर्न सकिने कम्पनीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro