site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एचपीभी खोप असोज १० गतेसम्म लगाउन सकिने

काठमाडौं । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको डेमोस्ट्रेसन खोप दिने अवधि थप गरेको छ ।

यसअघिको तालिकामा सार्वाजनिक बिदा धेरै परेको र लक्षित जनसंख्याले खोप नलगाएपछि समय थप गरिएको हो ।

थपिएको तालिकाअनुसार असोज १० गतेसम्म यो खोप लगाउन पाइने खोप शाखा प्रमख डा. अभियान गौतमले बताए ।

सरकारले भदौ २७ गतेबाट सुरु गरेको यो खोप १४ वर्ष पुरा भइ १५ नकटेका किशोरीलाई दिइएको हो । भदौ २७ देखि असोज ४ गतेसम्म पाँच हजार चारजनाले  खोप लगाएको डा. गौतमले बताए । डेमोस्ट्रेसनमा सरकारले नौ हजार ९९९ जना किशोरीलाई खोप दिने लक्ष्य राखेको छ ।

कहाँ कहाँबाट दिइँदैछ खोप ?
सरकारले सातवटै प्रदेशका प्रदेशस्तरीय अस्पतालहरूबाट एचपीभी खोप दिने व्यवस्था मिलाएको छ ।

कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, परोपकार प्रसुति गृह थापाथली, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल वीरेन्द्रनगर र डडेलधुरा अस्पतालबाट दिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप सीमित मात्रामा रहेकाले सम्बन्धित अस्पतालबाट जानकारी लिएर मात्रै खोप लगाउन जान डा. गौतमको अनुरोध छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro