site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा सरकार गाडीको ठक्करबाट दुईजना घाइते
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । झापाको कन्काई नगरपालिका–३ मा शुक्रबार सरकारी गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् ।

दुर्घटनामा कन्काई नगरपालिका–३ की ६२ वर्षीया भूमिका तिमिल्सिना र भद्रपुर नगरपालिका–५ बस्ने ४५ वर्षीय बिनोद मण्डल घाइते भएका हुन् ।

घाइते भएका दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइतेमध्ये तिमिल्सिनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

बा २ झ २५ ७१ नम्बरको सरकारी गाडीले बिहान साढे १० बजे पैदल हिँडिरहेका उनीहरूलाई ठक्कर दिएको थियो ।  सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro