site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घरजग्गा कारोबारमा कमी, राजस्व संकलनमा सुधार

काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई चलायमान बनाउन गत साउन ३० गते कित्ताकाट र नामसारी फुकुवा गर्‍यो । 

कित्ताकाट र नामसारी फुकाउने गरेर ‘भूउपयोग नियमावली’ पारित गरेको थियो । फुकुवा गरेपछि घरजग्गा कारोबार सुधार हुने अपेक्षा थियो । तर, सरकारी तथ्यांकअनुसार कारोबारमा उत्साह देखिएको छैन ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार साउन महिनाभन्दा भदौमा घरजग्गाको कारोबारमा गिरावट आएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ को भदौमा कुल ३५ हजार ६८६ लिखत पारित भएको छ । जबकी साउनमा ३९ हजार २६३ लिखत पास भएको थियो ।

अर्थतन्त्र सुस्ताएका कारण घरजग्गा कारोबारमा चलायमान हुन नसकेको नेपाल आवास तथा घरजग्गा विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताए । 

“एकातर्फ असोजसम्म ‘अफ–सिजन’ हुन्छ । अर्काेतर्फ समग्र अर्थतन्त्र एकदमै सुस्ताएको देखियो । जसले गर्दा कारोबार अपेक्षाकृत हुन सकेन,” लोहनीले बाह्रखरीसँग भने ।

राजश्व संकलनमा सुधार
विभागको तथ्यांकअनुसार भदौमा राजस्व संकलनमा सुधार देखिएको छ । साउनको तुलनामा घरजग्गा कारोबार खुम्चिदा पनि भदौमा राजस्व संकलन बढेको छ । 

विभागका अनुसार तीन अर्ब चार करोड ५९ लाख ४६ हजार ८११ रुपैयाँ संकलन भएको छ । साउनमा दुई अर्ब ९१ करोड चार लाख २७ हजार १९६ रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro