site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो, दुई महिनामा लिए एक लाख ६ हजारभन्दा बढीले श्रम स्वीकृति 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ६ हजार ४५९ जनाले श्रम स्वीकृति लिएका छन् । गएको साउन र भदौमा वैदेशिक रोजगार विभागले उनीहरूलाई श्रम स्वीकृति प्रदान गरेको हो ।

विभागका अनुसार साउनमा ५५ हजार ५७५ र भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा प्रत्येक दिन औसतमा एक हजार ६८९ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

विभागको तथ्यांकानुसार साउनमा विभिन्न ७७ देशमा जान ४७ हजार ८५० पुरुष र सात हजार ७२५ महिलाले श्रम स्वीकृति लिएका थिए । भदौमा पनि ७७ वटै देशमा जान ४४ हजार १९७ पुरुष र ६ हजार ६८७ महिलाले श्रम स्वीकृति लिएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि एक लाख ३९ हजार ४४२ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या घटेको विभागको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्ष वैदैशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा ३२ हजार ९८३ ले कमी आएको छ । गत आर्थिक वर्षको साउनमा ६३ हजार ३९ र भदौमा ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro